छायाङ्कन पूर्ण नहुँदै विदेशमा बिक्री भयो ‘अगस्त्यः च्याप्टर वान’

मंगलबार, साउन २३, २०८०

काठमाडौँ– नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्यः च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ ।

चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिनुभयो । सो कम्पनिले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ । 

“छायाङ्कन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर नेपाली दर्शक बढाउन सकिन्छ भन्ने लगेर खरिद गरेका हौँ । यो नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ”, वितरक पौडेलले भने, “सबै किसिमका नेपाली चलचित्रलाई प्रवासमा रहेका नेपालीमाझ पु¥याउने हाम्रो उद्देश्य हो ।”

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । 

निर्देशक चौधरीले नेपाली चलचित्र एकसाथ प्रवासमा प्रदर्शन हुनु समग्र उद्योगकै लागि खुसीको खबर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “झट्ट हेर्दा हाम्रो चलचित्रलाई मात्र फाइदा देखिए पनि यसबार समग्र उद्योग नै लाभान्वित हुनेछ । 

अन्तर्राष्ट्रिय बजारमा चलचित्र बिक्री भएपछि निर्देशकलाई निर्माणमा झनै सहज हुन्छ ।” सञ्जय लामा छायाङ्कार रहनुभएको दुई शृङ्खलामा बन्ने ‘अगस्त्य’ को कथा निर्देशक चौधरीले लेखेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्