अब वर्षमा दुई पटक मात्र डलर साट्न पाइने

शुक्रबार, साउन १२, २०८०

काठमाडौँ - भारतबाहेक तेस्रो मुलुकमा भ्रमण गर्न जानेले वर्षमा दुई पटकसम्म मात्र सटही सुविधा पाउने भएको छ । एक राहदानीबापत प्रतिपटक २५ सय डलरसम्म सटही सुविधा पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षको अवधि साउन १२ गतेदेखि गणना हुनेछ । यसअघि राहदानीबापत सटही सुविधा लिएर भ्रमण गरेको अवस्थामा भने आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटका अधिकतम अमेरिकी डलर २५ सय गरी बढीमा दुई पटक सटही सुविधा लिन पाउनेछन् ।

तर, वैदेशिक रोजगारीमा जाने नेपालीको हकमा भने अधिकतम दुई सय डलरमात्र सटही सुविधा हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्