नेभिगेशन
सुरक्षा–अपराध
जुम्ला आगजनी

जुम्ला आगजनी घटना : शङ्कास्पद १० जना पक्राउ

जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा ६ घर र एक ट्याक्टर तथा चन्दननाथमा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन।

गए राति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध