Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान अपहरणको कथामा चलचित्र बन्ने

आइतबार, असार ३१, २०८०
samridhi jewllers

काठमाडौँ– विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ ।

चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गरेका छन् । 

“लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ”, निर्देशक कार्कीले भने, “यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।” उनले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्