विकास बैंकहरुले ब्याजदर घटाउने

शनिबार, असार ३०, २०८०

काठमाडौं - विकास बैंकहरुले ब्याजदर घटाउने भएका छन् । आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने सीइओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बैठकले भद्र सहमति गरेको हो ।


वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न बैंकलाई खुल्ला छाडे पनि विकास बैंकहरु भने संयमित हुँदै ब्याजदर घटाउन सहमत भएका हुन् ।

अहिले विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम् १०.६० प्रतिशत ब्याज दिँदै आएका छन् । साउन १ गतेदेखि यसलाई घटाएर १०.१० कायम गर्ने सल्लाह भएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार