नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

बिहीबार, असार २८, २०८०

काठमाडौँ–  नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले आज केशव तुलाधरलाई पक्राउ गरेको हो । फरार रहेका तुलाधरलाई राजधानीको सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको उनी पक्राउ परेका हुन् ।


 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्