अर्थमन्त्रीलाई डा. अमरेशको प्रश्नः जगदम्बा र चौधरी ग्रुपले कति ऋण लिएको छ ?

आइतबार, असार १७, २०८०

काठमाडौँ– सांसद डा. अमरेश कुमार सिंहले नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट कमजोर आर्थिक हैसियत भएकाहरुले ऋण लिन सहज नभएको बताएका छन् । 

आज (आइतबार) प्रतिनिधि सभामा बोल्दै डा. सिंहले देशका ठूला व्यवसायिक घरानाले सहजै ऋण लिएर उद्यम व्यवसाय गर्ने गरेका भएपनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई ऋण लिन पनि अप्ठेरो भएको उनको भनाइ छ ।

‘ठुला ठुला उद्योगी व्यापारीहरु अर्थमन्त्रीकोमा पुग्छन् । साना मान्छेले मन्त्रीलाई भेट्न पाउँदैनन् । यो देशमा जगदम्बा ग्रुपले कति ऋण लिएको छ ? चौधरी ग्रुपले कति ऋण लिएको छ ? ज्योति ग्रुपले कति ऋण लिएको छ ? पैसा त आर्थिक अवस्था कमजोर भएका मानिसलाई पनि चाहिन्छ । कति मानिसको त घर पनि ऐलानी जग्गामा हुन्छ । पैसा त उनीहरुलाई पनि चाहिन्छ,’ डा. सिंहले भने ।

उनले गाउँगाउँ पसेर बैंकहरुले ऋण लिने व्यवस्था मिलाउनु पर्ने बताए । ग्रामीण क्षेत्रमा खुलेका बैंक तथा वित्तीय संस्थाको शाखाले ग्रामीण क्षेत्रको बचत लिए पनि कर्जा दिने बेलामा सहरी क्षेत्रमा मात्रै दिने गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार