आइसिसी विश्वकप छनोट

अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमायो

मंगलबार, असार ५, २०८०

काठमाडौँ– आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । 

आरिफ शेख १६ बलमा १२ रन बनाउँदै आउट भएका छन् । नेपालले ४.६ ओभरमा २५ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।

अमेरिकाले नेपाललाई २०८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो।

नेपालका बलहरूले सुरुदेखि नै अमेरिकाका ब्याटरलाई दबाब दिँदै विकेट लिएका थिए । करण केसीले सर्वाधिक ४ विकेट लिए ।

यस्तै, गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजबंशीले १ विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार