कुमार नगरकोटीको नाटकमा अभिनेत्री शिल्पा

आइतबार, असार ३, २०८०

काठमाडौँ– उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने भएकी छन् ।

घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दैछिन् । यो उनको पहिलो नाटक हो ।

diya_maskey1687102507.jpg

नाटकको अभ्यासमा व्यस्त अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन् । “नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु”, उनले भनिन्, “दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ ।” 

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहनेछ । 

प्रतिक्रिया दिनुहोस्