नेभिगेशन
अर्थ विविध

मुगुका पाटनमा जडीबुटी रित्तिँदै, संरक्षणमा दिइएन चासो

विमल हमाल, मुगु – उचित संरक्षण र वैज्ञानिक विधिको अलम्बन नगरी यार्सागुम्बु टिप्दा जडीबुटीका पाटनहरु खोत्रो हुन थालेका छन् ।

वर्षको एक पटक यार्सागुम्वु लगायत अन्य  जडीवुटी कोरेर मोटो रकम कमाएर जिवनस्तर फेरेका  जिल्लाका स्थानीयका लागि आय आर्जजन र आम्दानीको प्रमुख श्रोत  भएपनी वर्सेनि यार्सा कोर्दै र दोहोन गर्दै जाने तर संरक्षण भने नहुने भएकोले जडीवुटीका पाटन खोत्रो हुँदै गएका हुन् ।

मुगु जिल्लामा पाइने   धेरै प्रजातिका जडीबुटीमध्ये यार्सा प्रमुख जडबुटी हो । तर, पाटनमा वर्सेनि दोहोन गर्दै जाँदा पत्येक वर्ष अघिल्लो वर्षको तुलनानामा आधा कम संकलन हुन थालेकोले पाटनहरु रित्तिदै गएको अनुमान गरिएको छ ।

मुगुु जिल्लाको कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका पाटनहरु रिमार, कोइकी, सानो कोईकी हाङदाङ खोला, छापाखोला, च्र्याखु दोल्फुको पाटन, टाँके र मह गाउँको पाटन लगायतका पाटन क्षेत्रमा यार्सा टिप्ने गरिएको छ । सो क्षेत्रमा डेढ दशकयता यार्सा खोजी गरिरहेका मुुगुम कार्मारोङ गाउपालिकाका धावासाङवो लामा आफूले शुरुका वर्षहरुमा एक हजारभन्दा वढी टिपे पनि हाल १ सयसम्म  पनि पाउन कठिन हुने बताउँछन् । पाटन रित्तिदै जाँदा अव संरक्षण नगरे यार्साको नाम निसाना नरहने सक्ने उनको भनाइ छ ।

अन्य जडीबुटीहरु चिराइतो, कटुकी, पाँचऔले लगायत पनि भदौ, असोज महिनामा संकलन हुने जडीबुटीहरु   हुन्   । यस्ता जडीबुटीहरु जिल्लाकै हिमाली भेगका  वन   र पाटनमा पाईने  गर्दछन् । यस्ता जडीवुटी टिपेर वर्सेनि कमाई गर्ने तर  संरक्षण नहुने गरेका कारण पाइनै छोडेको स्थानीयहरु बताउँछन् ।

जिल्लाको उत्तरी भेगको करानका दोल्फु, चिताई, मुगु किम्री,  ताखा, पुअ, खारी, रिउस, दाउरा, सेरोग, माग्री, मह, कार्ती लगायतका अन्य केही बस्तीका स्थानीयको आय आर्जनको प्रमुख श्रोत नै जडीबुटी संकलन हो । स्थानीयले जडीबुटीको कमाईबाटै दैनिक घर खर्च चलाउन गर्थे ।  गएका वर्षहरुमा स्थानीय एक घरधुरीले वर्षमा न्युनतमा ३ लाख रुपैयाँभन्दा वढी कमाई गर्ने गरेको स्थानियवासी वताउछन ।

patan-yarsa1686819158.jpg

जडीबुटीले स्थानीयको मुहार फेरिएपनि व्यवस्थित रुपमा संकलन नहुँदा जडीवुटी उत्पादन भने वर्सेनि घट्दै गएको छ  । गएका ७ बर्षयता यार्सा वर्सेनि कम हुदै गएको र पाइन पनि छाडेको स्थानीय तोर्चे तामाङ बताउँछन् । जडीबुटी संकलनको लागि यस वर्ष झनै यार्सा खोजी गर्ने व्यक्तिले २० देखि ५० सम्म मात्र पाइएको तामाङले जानकारी दिए । पाटनमा हिउँ नपग्लिएकोले यार्सा नउमे्रको पाटनबाट फर्केका उनको भनाइ छ ।

यार्साको खोजीबाट फर्केका जुम्ला पाण्डुगुफा ६ का हरिकृष्ण रोकाया आफूले १४ दिन पाटनमा बसेर १८ वटा मात्रै यार्सा पाएको पाटनमा यार्सा नै पाउन छाडेछ बताउँछन् ।

वर्सेनि पाटनमा दोहोन मात्रै गरिरहदा संरक्षण र उत्पादनको नौलो प्रकृती एवं प्रविधितिर चासो नदिदाँ  यहाँका जडीबुटी पाटनमा कम पाउन थालिएको हो । पछिल्लो समय मुगुका जडीबुटीका खानी मानिने पाटन डेढ दशकयता दोहोन गर्दै जादा पाटन रित्तिदै  गएका हुन ।

स्थानीयले हतारमै टिपेर वेचविखन गर्दा अघिल्लो वर्षकोभन्दा पछिल्लो वर्ष कम यार्सागुम्बु लगायत अन्य जडीबुटी संकलन हुने गरेको हो । यस्तै, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार संकलन नगर्नु, संकलन गर्दा जथाभावी रुपमा गर्नु, स्थानीयले सही रुपमा संरक्षण नगर्दा र समयभन्दा अगाडी नै संकलन गर्दा जडीवुटी उत्पादनमा ह्रास आएको जिल्ला डिभिजन बन कार्यालय मुगुका निमित्त डिभिजन बन अधिकृत निरज झाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध