बालकलाई अप्राकृतिक मैथुन गरेको कसुरमा १२ वर्ष ६ महिना कैद

सोमबार, जेठ २९, २०८०

गलकोट– आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न  जिल्ला अदालतले आदेश दिएको छ । 

अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए ।

निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्