Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकले पायो ५० लाख अमेरिकी डलर बराबरको ऋण सुविधा 

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– प्रभु बैंकले ५० लाख अमेरिकी डलरबराबरको ऋण सुविधा प्राप्त गरेको छ । बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्डबापत उक्त रकम बराबरको ऋण सुविधा प्राप्त गरेको हो ।

एमएसएमईबाट विश्व वातावरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारीसाधनहरूमा लगानी गर्न आफूले चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको बैंकले जनाएको छ ।

जलवायु परिवर्तनले आक्रन्त विश्व, यसको प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध गराइनेछ ।

यस्तै, बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय  प्रवर्द्धनका  लागि अरु अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्