मेसी साउदी जाने पक्का

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ–  अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी साउदी अरेबियामा जाने पक्का भएको छ ।

उनले अबको सिजनदेखि साउदीको एउटा क्लबमा फुटबल खेल्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्वविजेता कप्तान मेसीका लागि साउदीको क्लब अल हिलालले महँगो रकम खर्चिने बताइएको छ ।

यससँगै मेसी र उनका सबैभन्दा ठूला प्रतिस्पर्धी खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी लिगमा खेल्ने भएका छन् । रोनाल्डो गत सिजन अल नासार गएका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्