भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सबैको बयान सकियो, आइतबारदेखि थुनछेक

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ जनाको अदालतमा बयान सकिएको छ ।

आज तीन जनाको लिएसँगै सबैको बयान सकिएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

आज जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणसहित ३ जनाको बयान दिएका थिए ।

जसमा खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसुर, सङ्गठित ठगी र कीर्तेमा मुद्दा दायर गरे पनि हालसम्म प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

अब आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार