Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीकापुर घटनाका ‘मुख्य योजनाकार’ रेशम चौधरी कारागारबाट रिहा  

सोमबार, जेठ १५, २०८०

काठमाडौँ– टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी आज रिहा भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भीड लागेको थियो । सोही भीडले उनलाई फूलमाला लगाइदिएर स्वागत गरेको थियो । 

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका चौधरीसहित १९ जना ‘बन्दी’लाई आइतबार आममाफी दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सिफारिस गरेअनुसार राष्ट्रपति पौडेलले चौधरीसहित १९ जना ‘बन्दी’लाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिएका हुन् ।

२०७२ मा थारू आन्दोलनका क्रममा टीकापुरमा ७ प्रहरी र १ बालकसहित ८ जनाको विभत्स हत्या भएको थियो । सो घटनामा चौधरी मुख्य योजनाकार मानिएका थिए । यद्यपि, सरकारले आममाफी दिँदै रिहाइ गरेको हो । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्