Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशको आर्थिक समृद्धिका लागि सरकार निजीक्षेत्रमैत्री बन्नुपर्छ : स्वर्णिम वाग्ले

मंगलबार, जेठ २, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले सरकारले निजीक्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् ।

उनले निजीक्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए । सांसद वाग्लेले निजीक्षेत्र पखेटा फिँजाएर उड्नका लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए ।

सांसद वाग्लेले सरकारले निजीक्षेत्रमैत्री वातावरणका सम्भावनाबारेमा बहस गर्न आवश्यक रहेको पनि बताए । उनले निजीक्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भए मात्रै कल्याणकारी राज्य धान्ने बताए । उनले अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्