नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझी बुढानीलकण्ठबाट पक्राउ

आइतबार, वैशाख ३१, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । 

नेपाल प्रहरीले रायमाझीलाई आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो । 

प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।”

गत २० वैशाखमा अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी शरणार्थी प्रकरणमा जिल्लाअदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका थिए । सोही साँझ उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । 

हालसम्म  शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् । जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्