डोल्पामा पहिलो पटक पुग्यो बस

बुधबार, वैशाख २७, २०८०

सुर्खेत–राष्ट्रिय राजमार्गसँग नजोडिइको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो । यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी–राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको १÷१ वटा बस डोल्पा पुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ । २०७६ सालमा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीपमात्रै गुड्दै आएको थियो ।

केही महिनायता डोल्पा जाजरकोट सडक खण्ड अन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो । अब राष्ट्रिय राजमार्गसँग जोडिन हुम्ला जिल्ला मात्र बाँकी छ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर नेपाली सेनामार्फत निर्माण कार्य भइरहेको छ ।

करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माणको काम बाँकी छ । राजमार्ग अन्तरगत केही खोलामा पुल निर्माणको काम पनि बाँकी छ । उक्त बाँकी रहेको सडक निर्माण र झन्डै एक दर्जन खोलामा पुल निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय राजमार्गसँग जोडिने छ । नेपालगन्जबाट सुर्खेतदेखि छिन्चु, जाजरकोट, त्रिवेणी हुँदै दुनै गाडी पुगेको गरेको प्रमुख जिल्ला अधिकारी भुवनेश्वर पोखरेले जानकारी दिए ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्