सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय पुग्यो

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । 

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो । 

यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ । प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य घट्यो
मंगलबार, वैशाख २६, २०८०

सुन–चाँदीको मूल्य फेरि बढ्यो
मंगलबार, वैशाख २६, २०८०

सुन र चाँदीको भाउ बढने क्रम जारी
मंगलबार, वैशाख २६, २०८०