नेभिगेशन
अर्थ विविध

संसदमा प्री बजेट छलफल सोमबारबाट

काठमाडौं–प्रतिनिधिसभामा बजेट तयारीबारे छलफल हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि–बजेटबारे संसदमा छलफल हुने सहमति भएको हो । 

वैशाख २५ देखि २७ गतेसम्म प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल हुनेछ । यस्तै वैशाख २७ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यतालिका तय भएको छ ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँच÷पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि–बजेट छलफल सकिनेछ ।

प्रि–बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध