५७१ कार्टुन स्याउ बरामद

सोमबार, वैशाख १८, २०८०

झापा–सशस्त्र प्रहरीले झापाको कचनकवल गाउँपालिका लोदावारी चोकबाट ११५ कार्टुन स्याउ बरामद गरेको छ ।

शंका लागी चेकजाँच गर्दा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा अन्दाजी दुई लाख रुपैयाँ मूल्यको ११५ कार्टुन फुजि स्याउ बरामद गरेको एपीएफले जनाएको छ ।

अन्दाजी ५ लाख रुपैयाँ पर्ने सो गाडीसहित बरामद स्याउ आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

यसैगरी कचनकवल गाउँपालिका४ पूर्व लोदावारीस्थित गोदाममा स्याउ स्टोर गरी राखेको भन्ने विषेश सूचनाको आधारमा खानतलासी गर्दा ४५६ कार्टुन अन्दाजी मूल्य रु. ७ लाख ९२ हजार ९८४ बराबरको स्याउ बरामद गरेको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्