सशस्त्रका सहायक हवल्दारद्वारा आफैँलाई गोली हानी आत्महत्या 

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । 

तुलसीपुर कारागारमा वसन्त केसीले गएराति आफैँलाई गोली हानी आत्महत्या गरेको इलाका प्रहरी कार्यालयका तुसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

आइतबार बेलुकी करिब ८ः३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले च्यापुुमा गोली हानी उनले आत्महत्या गरेको बताइएको छ ।

पारिवारिक विवादका कारण केसीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्