२८.३१ अंकले घट्यो सेयर बजार, सवा अर्बको कारोबार

आइतबार, चैत २६, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजार २८.३१ अंकले घटेको छ । नेप्सेका अनुसार, आज १.५२ प्रतिशतले घटेको सेयर बजारमा ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भयो । जसबाट १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १८३८.४८ बिन्दुमा आएर बन्द भएको छ ।

कुल २१६ वटा सूचीकृत कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आज कालीन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९.९७ प्रतिशतले नाफा बुक गरे भने सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ६.४६ प्रतिशतले नाफा कमाए ।

माछापुच्छ्रे बैंक डिबेन्चरका लगानीकर्ताले ७.७५ प्रतिशतले घाटा ब्यहोरे भने कुमारी धनबृद्धि योजनाका लगानीकर्ताले पनि ६.६२ प्रतिशतको घाटा ब्यहोरे । आज नविल बैंक लिमिटेडले सबैभन्दा बढी कारोबार गरेको छ ।

बैंकले ५ करोड ७८ लाख ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ भने ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमोटर सेयरले सबैभन्दा बढी कित्ता किनबेच भएको छ । उक्त बैंकको २ लाख २३ हजार ४३७ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नबिल बैंकको १२५२ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्