Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘विश्व वित्तिय सप्ताह’मा प्रभु बैंकको साक्षरता कार्यक्रम सञ्चालन

आइतबार, चैत १२, २०७९

पोखरा– किशोर तथा युवाहरुमा वित्तिय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने ‘विश्व वित्तिय सप्ताह अभियान’ सम्पन्न भएको छ ।

विश्ववापि रुपमा हरेक वर्ष अभियान गत चैत्र ६ गतेदेखि आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडि) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित विश्व वित्तिय सप्ताह आज सम्पन्न भएको हो ।

अभियानलाई सार्थकता दिन ‘तपाईं पैसाको योजना बनाउनुहोस्, तपाईंको भविष्य रोप्नुहोस्’ भन्ने नाराका साथ गण्डकी प्रदेशमा रहेको प्रभु बैंक लि.का सबै शाखा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

प्रभु बैंकले मुस्ताङ्ग, म्याग्दी, गोरखा, मनाङ्गलगायतका जिल्ला भित्रका सयभन्दा बढि क्षेत्रका नागरिकलाई वित्तिय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा र विप्रेषण विषयक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

prabhu_bank_education31679844865.JPG

गत बर्ष पनि बैंकले जनमानसमा वित्तिय ज्ञानको अभिवृद्घिका लागि म्याग्दी जिल्लास्थित ‘टुप्पिमाथि ठाउँ छैन गुर्जामाथि गाउँ छैन’ भन्ने लोकउक्तीबाट चर्चित गाउँ गुर्जाखानि, मुस्ताङ्गको घारा गाउँसमेत ७८ स्थानबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको प्रभु बैँक लि. गण्डकी प्रदेश प्रमुख राजु रानाज्यूले जानकारी दिए ।

साथै, विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान÷सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनेलगायतका सीपले आवश्यक सूचनाहरू प्राप्त गर्न ठुलो टेवा पुग्ने विश्वास लिइएको बैँकका प्रादेशिक कार्यलय प्रमुख व्यवसायिक केन्द्र अधिकृत श्री शान्ती शेरचनले बताइन् । 

उनले उपयुक्त वित्तीय सेवाहरू छनौट गर्न र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजनाबारे ज्ञान र सीप प्रदान गर्ने उदेश्यले कार्यक्रम सम्पनन भएको बताइन् । यस्ता साक्षरताले आफ्ना सम्पत्तिलाई राम्रोसँग परिचालन ज्ञान, खर्चहरुको योजना र अन्य वित्तीय सेवामा नागरिकको पहुँचले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनको भनाई छ ।

prabhu_bank_education21679844865.JPG

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्