१८.१५ अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार

बिहीबार, चैत ९, २०७९

काठमाडौं– साताको पाँचौ दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१५ अंकले घटेको छ । आज ०.९४ प्रतिशतले घटेको सेयर बजारमा ४३ लाख ४० हजार २७० कित्ता सेयर किनबेच भयो । जसबाट १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेल जनाएको छ । 

बुधबार १५.७६ अंंकले घटेको सेयर बजार बिहीबार सोभन्दा बढी अंकले घट्ने क्रमले निरन्तरता पाउँदा १९१५.१४ बिन्दुमा आएर कारोबार बन्द भएको छ । 

आज १७९ कम्पनीको सेयर मूल्य घटेका छ भने २८ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । नेप्सेका अनुसार, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

सेयर बजार घटे पनि आज मायाखोला हाइड्रो पावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले नाफा कमाए । मायाखोला कम्पनीले १० प्रतिशतको सर्किट लेभलमा कारोबार गरेको छ ।

यता, युनिक नेपाल लघुवित्तले ७.४६ प्रतिशतले घाटा ब्यहोर्यो । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैैंक लिमिटेडको भएको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

त्यस्तै, एनआइसी एसिया बैंक लिमिटेडकोे सबैभन्दा बढी कित्ता सेयर र बढी पटक कारोबार भएकोे नेप्से जनाएको छ । बैंकले क्रमशः ३ लाख १४ हजार ५२४ कित्ता सेयर र १५३४ पटक सेयर कारोबार भएको नेप्से स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्