६.९० अंकले घट्यो सेयर बजार, १ अर्ब ६ करोडको कारोबार

आइतबार, चैत ५, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ६ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ६.९० अंकले घटेको छ । आज बजार सो अंकले घटेर १९२६.४० विन्दुमा कारोबार बन्द भएको छ 

आइतबार ०.३६ प्रतिशतले घटेको सेयर बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा १२७ कम्पनीको सेयरमूल्य घटेको छ भने ७४ कम्पनीका सेयर मूल्य बढेको छ । १२ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि मानुषी लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र सुभम पावर लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ८ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, सानिमा ग्रोथ फन्डको ८.५६ प्रतिशतले मूल्य घटेको हो ।

आज हिमालय डिष्ट्रिलरी लिमिटेडकोसबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीका ९४ हजार ६९७ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै सुभम पावर लिमिटेडको ३१५५ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्