रंगशालामा क्रिकेट टोलीलाई सम्मान 

शनिबार, चैत ४, २०७९

काठमाडौँ– ‘एमडीएसी स्पोर्ट्स’ले आइसिसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।

‘ए डिभिजन लिग’को मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो ।

cricket1679152659.JPG

‘ए डिभिजन लिग’ अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टिमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ ।

लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो । 

cricket11679152659.JPG

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्