वर्ष २०८० मा कुन–कुन पर्वमा हुने भयो सार्वजनिक विदा ? [सूचीसहित]

बिहीबार, चैत २, २०७९

काठमाडौँ– सरकारले २०८० सालमा दिने सार्वजनिक विदाबारे राजपत्रमा सूचना प्रकाशन गरेको छ । 

गृह मन्त्रालयले आज राजपत्रमा जारी गर्दै सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो ।

गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ । मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कात्तीक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ ।

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरीमा ५२ दिन भने शनिबार बिदा हुनेछ । शुक्रबारको दिन भने बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।

नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रितिस्थितिसमेतलार्य ध्यानमा राखेर घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।

विदेशस्थित नेपाली नियगले भने सम्बन्धित मुलुकका सार्वजनिक बिदालाईसमेत ध्यानमा राखेर बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।

हेरौँ सार्वजनिक विदाहरु 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्