५.३२ अंकले घट्यो सेयर बजार, १ अर्ब १४ करोड बराबरको कारोबार

बिहीबार, चैत २, २०७९

काठमाडौँ– साताको पाँचौ दिन बिहीबार पनि सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ५ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ५.३२ अंकले घटेको छ । आज बजार सो अंकले घटेर १९३३.३१ विन्दुमा कारोबार बन्द भएको छ 

बिहीबार ०.२७ प्रतिशतले घटेको सेयर बजारमा ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब १४ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार १४.४४ अंकले घटेको सेयर बजार बिहीबार पनि घट्ने शिलशिला चल्यो  । आजको कारोबारमा ११९ कम्पनीका सेयर मूल्य घटेको छ भने ९२ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि युनिक नेपाल लघुवित्त वित्तिय संस्था, सुभम् पावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.७६ प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ४ करोड ९४ लाख ९२ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंक लिमिटेडको प्रोमोटर सेयरमा सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।  सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको १६१० पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्