सुन र चाँदीको भाउ बढने क्रम जारी

बिहीबार, चैत २, २०७९

काठमाडौं – सुन र चाँदीको मूल्य बिहीबार पनि बढेको छ । सुनको भाउ बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । बुधवारस्थिर रहेको सुनको भाउ तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य घट्यो
बिहीबार, चैत २, २०७९