१४.४४ अंकले घट्यो सेयर बजार, १ अर्ब २० करोडको कारोबार

बुधबार, चैत १, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक १४ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बुधबार परिसूचक १४.४४ अंकले घटेको छ । आज बजार सो अंकले घटेर १९३८.६२ विन्दुमा कारोबार बन्द भएको छ 

बुधबार ०.४७ प्रतिशतले घटेको सेयर बजारमा ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब २० करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार सामान्य अंकले बढेको सेयर बजारमा बुधबार भने लगानीकर्ताले घाटा व्यहोरे । आजको कारोबारमा १४९ कम्पनीका सेयर मूल्य घटेको छ भने ५१ कम्पनीका सेयर मूल्य बढेको छ । १४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि युनिक नेपाल लघुवित्त, सुभम पावर लिमिटेड र बिन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने झन्डै ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार, किसान लघुवित्त वित्तिय संस्थाको ५.९० प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १० करोड ३५ लाख २२ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको २ लाख ३५ हजार ४४० कित्ता सेयर कारोबार  भएको छ । सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको ११३७ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्