अमेरिकाको उदाहरण दिँदै बाबुरामले भने– बैंक र वित्तीय प्रणालीबारे बेलैमा सोचौँ
मंगलबार, फागुन ३०, २०७९
काठमाडौँ– नेपाल समाजवादी पार्टिका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बैंक र वित्तीय प्रणालीबारे बेलैमा सोच्नुपर्ने बताएका छन् ।
अमेरिकाको सिलिकन भ्याली बैंकको उदाहरण दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
‘अमेरिकाजस्तो पुँजीवादको शिखरमा पुगेको र पारदर्शी ढंगले विधिको शासनमा चल्ने भनिएको देशमा सञ्चालित सिलिकन भ्याली बैंक आन्तरिक गडबडीकै कारणले ध्वस्त भएको अनुमान गरिँदैछ भने नेपाल जस्तो भर्खरै पुँजीवादी खुड्किलो चढ्दै गरेको देशमा के होला ?,’ उनले सामाजिक सञ्जालहरूमा प्रश्न गरेका छन्, ‘बेलैमा बैक र वित्तीय प्रणालीबारे सोचौं !’
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ०७:५८
प्रतिक्रिया दिनुहोस्