वृद्ध हत्याको आरोपमा ६ जना पक्राउ

आइतबार, फागुन २८, २०७९

रुकुम पश्चिम– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर छन् ।

रिसइबीका कारण उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरको हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्