पतिको कुटपिटबाट पत्नीको मृत्यु

आइतबार, फागुन २८, २०७९

जुम्ला– जुम्लामा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।

तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया पत्नी ममता नेपालीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घटनाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । ‘घटना कहिलेको हो खुल्न बाँकी छ,’ बुढा मगरले भने ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्