नेभिगेशन
समाज विविध

सामाजिक विकृतिविरुद्ध सचेतना कार्यक्रम

जुम्ला –जुम्लाको चन्दननाथ नगरपालिका –२ मा रहेको भण्डारी वडा समाज सुधार महिला समितिले सामाजिक विकृति विरुद्ध सचेतना कार्यक्रम गर्न थालेको छ ।

समाजमा हुने राम्रा कामलाई प्रोत्साहन गर्ने र नराम्रा कामको निगरानी गर्ने काम गरिरहेको भण्डारी वडा समाज सुधार महिला समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले बताइन् ।

शुक्रबार जुम्लाको सदरमुकामको मुख्य बजारमा अवस्थित कृष्णमन्दिर अगाडि विकृतिका विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । महिलाहरूले ४ वटा विषयवस्तुमा सडक नाटक देखाइएका थिए । बालविवाह, मादक पदार्थ सेवन, लागुऔषध सेवन र जुवातास विरुद्धको नाटक प्रदर्शन गरेका थिए ।

समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले जुम्लामा बालविवाह गर्ने र गराउनेलाई कानूनी सजाय नहुञ्जेलसम्म बालविवाह अन्त्य नहुने बताइन् । 

कानूनमा विवाह गर्ने उमेर २० तोकिए पनि जिल्लामा कानूनको खासै पालना नगरिएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बालविवाह, लागूऔषध सेवनले र पार्ने असर तथा कानुनी ऐनका बारेमा पनि जानकारी गराएका थिए । उनले यस्तो कार्य सुरुवात गर्ने महिलाहरूलाई धन्यवाद दिए । उनले समाज सुधारका काममा स्थानीय प्रशासनले खुलेर सहयोग गर्ने प्रतिवद्वता जनाए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध