५० अंकले बढ्यो नेप्से, १ अर्ब ५६ करोडको कारोबार

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– साताको पाँचौ दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.०४ अंकले बढेको छ । विहीबार २.५६ प्रतिशतले बढेको सेयर बजार २ हजार बिन्दुभन्दा माथि उक्लेर कारोबार बन्द भयो ।

अन्तिम समयसम्म आइपुग्दा ४५ लाख ५६ हजार ०४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको नेप्सेले जनाएको छ ।

आज शिवम् पावर लिमिटेड र नेपाल इन्सोरेन्स कम्पनीले करिब १० प्रतिशतको हाराहारीमा सेयर कारोबार गरे । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथले ५.८१ प्रतिशतले सेयर कारोबार घाटा ब्यहो¥यो । आज शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ  । उक्त कम्पनीको ७ करोड ८५ लाख ८८ हजार रुपैयाँ बराबर सेयर कारोबार भयो भने शिवम् सिमेन्टकै सबैभन्दा बढी ९१ लाख ७३ हजार ४६४० कित्ता सेयर किनबेच भयो ।

आज सुपरमादी हाइड्रोपावर लिमिटेडको ४९७२ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ । विहीबार अधिकांश समूहको उपसूचक सकारात्मक र हरियाली देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्