थ्री स्टारद्वारा किट स्पोन्सरका लागि युरो प्यासन युएसएसँग सम्झौता

शनिबार, फागुन २०, २०७९

इलाम –सहिद स्मारक ए डिभिजन लिगका लागि थ्री स्टार क्लबले युरो प्यासन युएसएसँग किट स्पोन्सरका लागि सम्झौता गरेको छ । ए डिभिजन लिग २०२३ मा थ्री स्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ ।

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रहेका थ्रीस्टार क्लबका पूर्वमिडफिल्डर प्रलय राजभण्डारीले आफ्नो पूर्व क्लबका लागि किट प्रायोजन गरेका हुन् ।

प्रलय हाल युरो प्यासनको निर्देशक रहेका छन् । युरो प्यासन पाकिस्तानमा निर्मित अन्तराष्ट्रिय स्पोटर्स ब्रान्ड हो । प्रमुख कार्यकारी माजिद हुसैन र निर्देशक राजभण्डारीले नेपालकै शीर्ष क्लबसँग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।

शुक्रबार सम्झौता पत्रमा हस्ताक्षरपछि किट्स हस्तान्तरण गर्दै युरो प्यासन युएसएका अर्का निर्देशक अविशेश सुवेदीले थ्री स्टार क्लबलाई सहिद स्मारक ए डिभिजन लिगका लागि शुभकामना दिँदै आगामी दिनमा थ्री स्टार क्लब र नेपाली खेलकुदमा निरन्तर सहयोग गर्दै जाने बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्