२६.४७ अंकले घट्यो सेयर बजार, १ अर्ब ३३ करोडको कारोबार

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– साताको पाँचौ  दिन बिहीबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २६ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक २६.४७ अंकले घटेको छ । आज बजार सो अंकले घटेर १९६९.०२ विन्दुमा कारोबार बन्द भएको छ 

आज १.३३ प्रतिशतले घटेको सेयर बजारमा ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार २४.४४ अंकले घटेको सेयर बजारमा बिहीबार पनि सोहीअनुसार सेयर कारोबारमा गिरावट देखियो । आजको कारोबारमा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । २ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त लिमिटेड र बोटर्लस नेपाल (तराई) लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ७ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, ग्लोबल आइएमई लघुवित्तको ७ प्रतिशतले मूल्य घटेको हो ।

आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख ८६ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । सिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख २९  हजार ४८६ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको ११४२ पटक कारोबार भएको छ

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्