३.६१ अंकले घट्यो सेयर बजार, १ अर्ब ३८ करोडभन्दा बढीको कारोबार

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ३ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, मंगलबार परिसूचक ३.६१ अंकले घटेको छ । बजार सो अंकले घटेर २०१९.९३ विन्दुमा कारोबार बन्द भएको छ 

मंगलबार ०.१८ प्रतिशतले घटेको सेयर बजारमा ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार ३.६५ अंकले घटेको  सेयर बजारमा मंगलबार पनि घट्ने क्रम रोकिएन् । कारोबारमा ११८ कम्पनीका सेयरे मूल्य घटेको छ भने ८८ कम्पनीका सेयर मूल्य बढेको छ । १० वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि आँधीखोला लघुवित्त वित्तिय संस्था आर्दश लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाले १० प्रतिशतको सर्किट लेभलमा कारोबार गरेका छन् ।

नेप्सेका अनुसार, प्रिमियर इन्सोरेन्स लिमिटेड र राप्ती हाइड्रो लिमिटेडको कारोबार ३ प्रतिशतभन्दा बढीले मूल्य घटेको हो । मंगलबार युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कमपनीको ७ करोड ५५ लाख ११ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको २ लाख ८६ हजार ३२६ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पूर्वाधार बैंकको ११६३ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्