नेभिगेशन
समाज विविध

प्रतापपुरमा प्रशासनिक भवन निर्माणको काम अघि बढ्यो 

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित प्रतापपुर गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको छ । भाडाको घरमा बस्दै आएकाले यसपटक चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट विनियोजन गरी आफ्नो प्रशासनिक भवन निर्माणका लागि काम अघि बढाएको हो ।

 रु १२ करोड बढी लागतमा बन्ने प्रशासनिक भवन निर्माणका लागि करिब नौ कट्ठा जग्गामा भवन निर्माणका लागि बोलपत्र आह्वानसमेत भइसकेको पालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

यसैबीच, पालिकाले बेलाटारी स्वास्थ्यचौकी क्षेत्रको जग्गामा प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरी काम अगाडि बढिसकेको छ ।

अहिले सो क्षेत्रमा रहेको स्वास्थ्यचौकीका पुराना जीर्ण भवन भत्काउने कार्य भइरहेका छ । यसपछि प्रशासनिक भवनको शिलान्यास गरिने जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

हुलाकी सडकले फेरेको नरैनापुर