काकाको हत्या गर्ने पक्राउ

आइतबार, फागुन १४, २०७९

जलेश्वर– आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए ।

वृद्धभत्ता माग्दा नदिएपछि उनीमाथि चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । 

घटनालगत्तै विजेन्द्र फरार थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्