भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

बुधबार, फागुन १०, २०७९

चितवन– सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

आज सशस्त्र प्रहरी बलले भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।

भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगमा पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । 

नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षति काम गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यासको अवलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताइन् ।

जोखिमको समयमा उद्धार टोलीलाई समेत तयारी अबस्थामा राखिनुपर्ने उनको भनाइ थियो । विपत्ति समय हेरेर नआउने भन्दै उनले यस्ताखाले जोखिम न्यूनीकरणमा महानगर सधैँसँगै रहेको बताइन् ।  विपद्भन्दा हामीले बनाएका संरचना समस्याको रुपमा रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘विपद्का समयमा हाम्रा संरचनाले ठूलो क्षति पुर्‍याउने गरेको छ ।’

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमितरुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका विषयमा ज्ञान बढ्दै जाने बताए । जिल्लामा रहेका सबै पालिकासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहले विपद्को समयमा सशस्त्र प्रहरी बल सधैँ अग्र पङ्क्तिमा रहेर काम गर्दै आएको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्