सशस्त्र प्रहरीलाई स्ट्रिप्स नक्सासम्बन्धी तालिम

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा ३ दिने ‘स्ट्रिप्स नक्सासम्बन्धी प्राविधिक विषय तथा नक्सा अध्ययन अभिमुखीकरण तालिम’ सुरु भएको छ ।

नापी विभागसँगको समन्वय र सहकार्यमा सञ्चालन भएको उक्त तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले उद्घाटन गरे ।

नेपाल भारत सीमासम्बन्धी स्ट्रिप्स नक्सा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने  र सो नक्सा सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई प्रशिक्षण गराउनेसम्बन्धी भएको सम्झौता अनुसार उक्त अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सशस्त्र प्रहरी बलमा पहिलो पटक सञ्चालन भएको यस तालिमले अधिकृतहरुलाई सीमा सुरक्षा, सीमा व्यवस्थापन र नक्साको सही प्रयोगमा सहायकसिद्ध हुने विश्वास व्यक्त गरे ।

नापी विभागका दक्ष र विज्ञ प्रशिक्षकद्वारा प्रदान गरिने उक्त प्रशिक्षणका लागि धन्यवाद व्यक्त गर्दै उनले यस तालिमले सीमा क्षेत्रमा आइपर्ने समस्या, समकक्षीहरूसँको सम्बन्ध र समन्वय, स्ट्रिप्स नक्सा प्रयोगसम्बन्धी आइपर्ने सैद्धान्तिक तथा व्यावहारिक समस्यालाई समाधान गर्न सहज बनाउने बताए ।

उक्त तालिममा सशस्त्र प्रहरी बलका २६ जना अधिकृत प्रशिक्षार्थीका रूपमा सहभागी छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्