३४ अंकले बढ्यो सेयर बजार, पौने २ अर्बभन्दा बढीकोे कारोबार 

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार सेयर बजार बढेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ३४ अंकभन्दा बढीले सेयर बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार, बिहीबार परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा कारोबार बन्द भएको छ .

१.६४ प्रतिशतले बढेको सेयर बजारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ८० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा ४९ कम्पनीकाे सयर मूल्य घटेको छ भने १६५ कम्पनीकाे सेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

आज लिबर्टी इनर्जी कम्पनी, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने १० प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आदर्श लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य घटेको हो ।

आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १३ करोड २७ लाख ७५ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।

ग्लोबल आइएमई लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त बैंकको २ लाख २७ हजार ४९७ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको १५६७ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्