नेभिगेशन
सुरक्षा–अपराध

विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

काठमाडौँ– विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । 

थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार नै पक्राउ गरेको भए पनि सूचना भने आजमात्र बाहिरिएको हो ।

साइबर अपराधसम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।

रेग्मी केही गायक–गायिकासँग रोयल्टी विवादमा मुछिएका थिए । यसर्थ, उनी ती गायक–गायिकाविरुद्ध सामाजिक सञ्जालमा लेख्ने गर्थे ।

त्यसैले, सामाजिक सञ्जालमा गालीगलाैज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो । रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध