दोहोरो अंकले घट्यो नेप्से, पौने २ अर्बको कारोबार

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक १६ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार ०.७७ प्रतिशतले घटेको सेयर बजारमा ५६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४५ कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि युनिलिभर नेपाल लिमिटेड, राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी कम्पनीले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारी घटेको छ । नेप्सेका अनुसार, बाराही हाइड्रो लिमिटेडको ५.०७ प्रतिशतले मूल्य घटेको हो ।

आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ७५ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, ङादी गु्रप पावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको २ लाख ६७ हजार ११८ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १२१० पटक कारोबार भएको छ ।

आज अधिकांश समूहका उपसूचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समूहको उपसूचक १०.४७ अंकले, विकास बैंक समूहको उपसूचक ३६.८४ अंक, वित्त समूहको उपसूचक ११.०६ अंकले र होटल तथा पर्यटन समूहको उपसूचक २६.९५ अंकले घटेको छ । 

यस्तै, जलविद्युत समूहको उपसूचक २४.२६ अंकले, लगानी समूहको उपसूचक ०.६८ अंकले, जीवन बिमा समूहको उपसूचक ८५.३८ अंकले, माइक्रो फाइनान्स समूह उपसूचक ४६.९३ अंकले, म्युचुअल फन्ड समूहको उपसूचक ०.०८ अंकले र निर्जीवन बिमा कम्पनी समूहको उपसूचक ४९.७९ अंकले, अन्य समूहको उपसूचक ९.९४ अंकले र ट्रेडिङ समूहको उपसूचक ११.१६ अंकले घटेको छ ।

एक उपसमूहको सूचक भने बढेको छ । नेप्सेका अनुसार, उत्पादन र प्रशोधन समूहको उपसूचक १६.१७ अंकले बढेको हो ।

आज फ्लोट इन्डेक्स १.२८ अंकले घटेर १३४.९४ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्