राष्ट्रपति भण्डारीद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

बुधबार, माघ २५, २०७९

भोजपुर–राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरेकी छन् ।

षडानन्द नगरपालिका–१ मझुवाबैँसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गरेकी छन्। यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्