७ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

बुधबार, माघ २५, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार सेयर बजार घटेको छ । यस दिन पुँजी बजार मापक नेप्से परिसूचक ७ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा कारोबार बन्द भएको छ 

बुधबार ०.३३ प्रतिशतले घटेको सेयर बजारमा १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार करिब ७७ अंकले बढेको सेयर बजारमा बुधबार भने लगानीकर्ताले नाफा बुक गर्ने ध्याउन्नमा लागेको देखियो ।

आजको कारोबारमा १४२ कम्पनीका सेयर मूल्य घटेको छ भने ६७ कम्पनीका सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि तेह्रथुम पावर कम्पनी, धवलागिरी लघुवित्त वित्तिय संस्था र राधी विद्युत् कम्पनीले भने नाफा कमाएका छन् । 

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आदर्श लघुवित्त वित्तिय संस्थाको ५.१४ प्रतिशतले मूल्य घटेको हो ।

आज नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ११ करोड २८ लाख ६७ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा अपि पावर कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको ३ लाख ४० हजार ५६६ कित्ता सेयर कारोबार  भएको छ ।

यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को सबैभन्दा धेरै १६३३ पटक कारोबार भएको छ  ।

आज अधिकांश समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूहको उपसूचक ०.४१ अंकले, विकास बैंक समूहको उपसूचक २२.६२ अंक, वित्त समूहको उपसूचक ३५.७१ अंकले र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अंकले घटेको छ । 

यस्तै, जलविद्युत् समूहको उपसूचक २७.३६ अंकले, लगानी समूहको ०.०३ अंकले, जीवन बिमा समूहको ६१.५० अंकले, उत्पादन र प्रशोधन समूहको ४१.९० अंकले, माइक्रोफाइनान्स समूहको १७.८७ अंकले, म्युचुअल फन्डको ०.०६ अंकले र निर्जीवन बिमा कम्पनी समूहको उपसूचक २८.५४ अंकले घटेको छ ।

२ उपसमूहको सूचक भने बढेको छ । नेप्सेका अनुसार अन्य समूहको उपसूचक ७.७५ अंकले र व्यापार समूहको उपसूचक १.१३ अंकले बढेको हो ।

आज फ्लोट इन्डेक्स ०.५७ अंकले घटेर १५२.६५ विन्दुमा पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्