सेयर बजारमा उछाल, ७६.६४ अंकले बढ्यो नेप्से

कारोबार रकम ३ अर्ब ३६ करोड
मंगलबार, माघ २४, २०७९

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । पुँजी बजार मापक नेप्से परिसूचक ७६ अंकभन्दा बढीले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार नेप्से परिसूचक ७६.६७ अंकले बढेर २१७७.३४ विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार ३.६५ प्रतिशतले बढेको सेयर बजारमा ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा २१५ कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार बढ्दा ४ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

जसमा बरुण हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, रिडी विद्युत् कम्पनी र आर्दश लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । 

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आइसिएफसी फाइनान्स कम्पनीको ५.९० प्रतिशत प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १२ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, न्यादी ग्रुप पावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । उक्त कम्पनीको ३ लाख ६२ हजार ४९४ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको २०१२ पटक कारोबार भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्