सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नजिक

आइतबार, माघ २२, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजार समान्य अंकले बढेको छ  । पुँजी बजार मापक नेप्से परिसूचक १.५४ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार, आइतबार परिसूचक १.५४ अंकले बढ्दै २०९६.०८ विन्दुमा कारोबार बन्द भएको छ ।

आइतबार ०.०७ प्रतिशतले बढेको सेयर बजारमा ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ९३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा १०८ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १०१ कम्पनीका स्क्रिप्टको मूल्य घटेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१२१.७० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशत हाराहारी घटेको छ । नेप्सेका अनुसार इस्टर्न हाइड्रोपावर लिमिटेडको ५.४५ प्रतिशतले मूल्य घटेको हो ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कुमारी बैंकको सबैभन्दा बढी १ लाख ४८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको १७२१ पटक कारोबार भएको छ  ।
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्